तस्बिर : पञ्चदेब भट्ट
सुर्खेत । भोलिबाट कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा हुने मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता असार ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कर्णाली प्रदेशका ७ जिल्लाका क्रिकेट टिमहरुले भाग लिएका छन् ।
प्रतियोगितामा सहभागि ७ जिल्लाका टिमहरुलाई २ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा रुकुम पश्चिम, दैलेख, जाजारकोट, कालिकोट र समुह ‘बी’ मा सुर्खेत सल्यान र जुम्ला रहेका छन् ।
मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको उद्धाटन सङ्गै समुह चरणको पहिलो खेल शनिबार बिहान ८ बजे दैलेख र रुकुम पश्चिमबीच हुनेछ । भने भोलि नै समुह चरणको अर्को खेल दिउँसो २ः३० बजे कालिकोट र जाजारकोट बीच हुनेछ ।
सबै खेलहरु कालिन्चोक क्रिकेट मैदानमा हुनेछन् ।
कर्णाली प्रदेश क्रिकेट संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा हुने मुख्यमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण स्पेस फोर के टेलिभिजनमा हेर्न सकिनेछ ।
संवाददाता । शुक्रबार, असार ०७, २०८१ मा प्रकाशित