Karnali Media
२०८३ असार १५ , सोमबार

यस्तो छ २०८१ सालको एसईई परीक्षाको तालिका



काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी,  संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ  भने चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।


प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार