सुर्खेत । कर्णाली प्रदेश सरकारले यो वर्षमा सात दिन सार्वजनिक बिदा गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।
धान दिवसको बिदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा चैत १२ गते बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो ।
संवाददाता । बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित