Karnali Media
२०८३ असोज १७ , शनिबार

आरोग्य पर्यटनको लागि पूर्वाधार तयार गर्ने मुख्यमन्त्रीको उद्घोष



सुर्खेत । वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको आरोग्य पर्यटनको निम्ती पुर्वाधार तयार गर्ने उद्घोष गरेका छन् ।

जिवन विज्ञान फाउण्डेशनले आयोजना गरेको आरोग्य पर्यटनको लागि स्वजागरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ‘कर्णाली प्रदेशको आरोग्य पर्यटनको निम्ती यती महत्वको साथ यो कार्यक्रम आयोजना गरी सहयोग गर्नु भएको हार्दिक धन्यवाद’,उनले भने ‘जिवन विज्ञानले महत्व दिएको यस कार्यक्रममा प्रदेश सरकारको तर्फबाट आवश्यक नितिनियम, र पूर्वाधार तयार गर्ने छौँ ।’


कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्य, सुर्खेत स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जिवन विकास विशेषज्ञ एलपी भानु शर्माले आरोग्य पर्यटन अवधारणा प्रस्तुत गरेका थिए । साथै जिवन विकास विशेषज्ञ रमेश नेपालले सहभागीहरुलाई स्वजागरण ध्यान अभ्यास गराएका थिए ।

वीरेन्द्रनगर, सुर्खेतमा २५० भन्दा बढीको सहभागितामा संचालित चक्र विज्ञान कार्यक्रमको छेको पारी आरोग्य पर्यटनको लागि स्वजागरण कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार