सुर्खेत । बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिजो विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टिले स्थानिय तहको निर्वाचनलाई विशेष प्राथमिकता राखेर पार्टिको उच्च पदमा रहेका उम्मेदवारहरुलाई स्थानिय निर्वाचनका लागि छनोट गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरको नगरप्रमुखमा राप्रपाले पार्टिका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उम्मेदवार उठाएको छ । उनले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
जनता चाहाना र राप्रपा प्रतिकी जनलहरलाई ध्यान दिएर देशका सबै स्थानिय तहमा सक्षम र समाजका लागि योगदान पुर्याएको व्यक्तिलाई उम्मेदवार उठाएको राप्रपाका केन्द्रिय प्रबक्ता ज्ञानेन्द्र शाहिले कर्णाली मिडियासङ्गको कुराकानीमा बताए ।
संवाददाता । मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित