Karnali Media
२०८३ असोज २६ , सोमबार

सुर्खेतका उद्यमी लक्ष्मीप्रसाद ढकाललाई ७५ हजार रुपैयाँसहित सम्मान



सुर्खेत । वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम सुरु गरेका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई संघीय सरकारले नगदसहित सम्मान प्रदान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय सम्मान तथा पुरस्कार स्वरूप ढकाललाई नगद ७५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो। उनलाई मङ्गलबार मन्त्री सरदसिंह भण्डारीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।


मन्त्रालयले विदेशबाट फर्केर स्वदेशमै व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने उद्देश्यले देशभरिबाट आवेदन आह्वान गरेको थियो। कुल ७२ जनाले आवेदन दिएकोमा विभिन्न छनोट प्रक्रिया पार गर्दै कर्णाली प्रदेशबाट ढकाल सम्मानका लागि चयन भएका हुन्।

ढकाल सुर्खेतमा सञ्चालित देउती होजियारी उद्योग तथा ऐन ट्रेडिङ सेन्टर प्रा.लि.का सञ्चालक हुन्। उद्यमशीलता, लगानी र रोजगारी सिर्जनामा योगदान पु¥याएको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार