Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा लागूऔषध नियन्त्रण गर्न प्रहरीले विक्रेतासम्म अनुसन्धान तीव्र पार्‍यो



सुर्खेत । सुर्खेतमा लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले प्रयोगकर्तासँगै विक्रेतासम्म पुग्ने रणनीति अनुसार अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिर राज शाहीका अनुसार, प्रहरीले पछिल्लो समय प्रयोगकर्तामाथि मात्र नभई विक्रेतामाथि केन्द्रित भई अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा भएको पत्रकार भेटघाटमा बोल्दै एसपी शाहीले भने, “हामी विक्रेतासम्म पुग्ने प्रयास गरिरहेका छौं, सबै तहमा अनुसन्धान चलिरहेको छ।”

उनका अनुसार, पछिल्लो समय प्रहरीले कयौं स्थानबाट लागूऔषधसहित युवाहरुलाई नियन्त्रणमा लिएको छ र अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लगिएको छ।


एसपी शाहीले लागूऔषधको समस्या नियन्त्रणका लागि समाज, अभिभावक, विद्यालय र युवाहरू सबैको सहकार्य आवश्यक रहेको धारणा पनि राखेका छन्।

भिडियो हेर्नः

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार