काठमाडौँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी-१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन् ।
संवाददाता । शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित