Karnali Media
२०८३ असार १४ , आइतबार

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने?



काठमाडौं । कक्षा १२ को परीक्षाको रिजल्ट आउट भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।


यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार