Karnali Media
२०८३ भदौ ९ , मंगलबार

सुर्खेतमा बाघको आक्रमणबाट महिलाको मृत्यु



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीमा बाघको आक्रमणबाट ५७ वर्षीया गंगा सारुको मृत्यु भएको छ।

घरबाट निस्किएकी गंगा सारुको कपडा र चप्पलसहित रगत घर नजिकैको सालघारीमा फेला परेको थियो। खोजीका क्रममा करिब ६०० मिटर टाढा उनको टाउको तथा केही समयपछि शरीरका अन्य भागहरू मासु खाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


प्रहरी, नेपाली सेना, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको टोली घटनास्थलमा खटिएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार