सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा शिव शिखर बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टको शाखा स्थापना भएको छ । ६ करोडको लगानीमा ‘सामाजिक, आर्थिक बिकासका लागि शिव शिखर’ भन्ने भन्ने उद्देश्यले मेहेलकुनामा आज शिखर अर्गनाइजेसनको मातहतमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि द्वारा संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको उद्घाटन गरिएको हो ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. को १८ औ शाखा र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको उद्घाटन गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हस्त पुन र नगरउपप्रमुख मैना बिकले उद्घाटन गर्दै सफलताको शुभकामना पनि दिनुभएको थियो ।
उक्त गार्डेन मार्टबाट करिब ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
डडेल्धुरा वाट पहिलो गार्डेन मार्ट सुरु गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले केहि महिना पछि देशका विभिन्न ठाउँहरूमा १५ ओटा मार्ट सन्चालन गर्दै छ साथै देशको विभिन्न ठाउँहरूमा करिब ५०० ओटा मार्ट बनाउने उद्देश्य रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि सुर्खेत शाखाका अफिसर कुमार थापाले कर्णाली मिडियालाई जानकारी दिनुभयो ।
संवाददाता । शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित