Karnali Media
२०८३ असोज १३ , मंगलबार

सुर्खेतमा योग दिवस



७ असार, सुर्खेत । आज आठौं अन्तराष्ट्रिय योग दिवस सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । “गरौं योग, बनौं निरोग”, “कपालभाती, जीवन साथी” जस्ता नाराका साथ आज प्रभातफेरी तथा कोणसभा गरेर यो कार्यक्रम मनाइएको हो ।

स्वास्थ सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेत र प्रदेश आयुर्वेद औषधालयको आयोजनामा गरिएको यो कार्यक्रम वीरेन्द्रचोकबाट शुरु भएर मंगलगढी हुँदै पिपलचौतारासम्म प्रभातफेरी तथा कोणसभा गरेर सम्पन्न गरिएको छ ।


यो बर्षको योग दिवसको नारा ‘मानवताको लागि योग’ रहेको छ । कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकासमन्त्री यज्ञ बहादुर बिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सल्यानका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्य, प्रदेश आयुर्वेद औषधालय प्रमुख डा. शंकर रिजाल,सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार