असार १०, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९–८० का लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको छ ।
जसमध्ये पुँजीगत तर्फ ५३ करोड ५५ लाख ३६ हजार र चालु तर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार विनियोजन गरिएको छ । यस्तै वित्तिय व्यवस्थापनतर्फ ३ करोड २० लाख बजेट छुट्याइएको छ । आगामी बजेट चालु बढेट भन्दा साढे ३७ लाखले बढी हो ।
नगरउपप्रमुख निलकण्ठ खनालले ११ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रदेश राजधानी समेत रहेको नगरपालिकाले पुर्वाधारका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।
नगरपालिकाले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वस्च्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’भन्ने नारा अघि सारेको छ ।
वीरेन्द्रनगर नगरपालिका बजेट पूर्णपाठ :
संवाददाता । शुक्रबार, असार १०, २०७९ मा प्रकाशित