Karnali Media
२०८३ असार १ , सोमबार

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा



१४ असार, सुर्खेत – कर्णाली प्रदेशमा भोलि असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्को गत चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ ।


प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार