१५ असार, सुर्खेत – सुर्खेतमा १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरेर मनाईएको छ । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ सुर्खेतमा पनि सम्पन्न भएको छ । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय, कर्णाली प्रदेशको आर्थिक सहयोग तथा मनिकापुर कृषि बहुमुखी सहकारी संस्था, विरेन्द्रनगर-१०, सुर्खेतको आयोजनामा एक कार्यक्रम गरिएको थियो।
कर्णाली प्रदेशका कृषि मन्त्री चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल,
विरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख निलकण्ठ खनाल लगायत सरोकारवाला संघ- संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि धान दिवस मनाइएको थियो ।
कार्यक्रममा कृषि मन्त्रीले आजको दिन माना रोपेर मुरि फलाउने दिन भएकाले सम्पुर्ण कृषकवर्गहरुमा शुभकामना व्यक्त गर्दै उनले भने ‘नमुना योग्य कार्यको सुरुवात गर्ने सहकारी अनि वडावासी कृषकवर्गले सहकारीको रणनीति अनुसार प्राङ्गारिक बस्तुहरु उत्पादनमुखी योजना लिएर मन्त्रालयसङ्ग आएको खण्डमा मन्त्रालय सदैव उक्त योजना सफल पार्नका लागि सहयोग अनि सहकार्य गर्न तत्पर छ ।’
ढिलो गरि मनसुन सुरु भएको कर्णालीमा २८ प्रतिशत रोपाइँहरु सपन्न भएका छन । समयमै मल नपाउदा किसानहरु निराश छन् । समयमै मलको व्यवस्था गर्न नसकेको खण्डमा धानको उत्पादनमा कमि आउने सरोकारवाला बताउँछन् ।
विनोद कंडेल । बुधबार, असार १५, २०७९ मा प्रकाशित