२७, असार, दैलेख । दैलेखको आठबीस नगरपालिका नगर- कार्यपालिकाको कार्यालय राकम कर्णालीमा आजबाट ई–हाजिरी सुरु भएको छ। नगरपालिकाले सेवालाई गुणस्तरीय बनाउन ई हाजिर सुरु गरेको हो ।
ई-हाजिरले नगरपालिकाको सुशासन र सेवालाई स्तरीय बनाउने र कर्मचारीलाई समयमा आउने र जाने बानिको बिकास हुने आठबीस नगरपालिकाका नगरप्रमुख तर्क बहादुर बडुवालले बताए ।
आठबीस नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दिलबहादुर शाहिले सोमबार बिहान ई–हाजिर गरी सेवा सुरु गरेका हुन । अबको केहि समयमा नगरपालिका भरीका वडा कार्यालयमा पनि ई–हाजिर सेवा जडान गर्ने नगरपालिकाको योजना रहेको छ।
संवाददाता । सोमबार, असार २७, २०७९ मा प्रकाशित