Karnali Media
२०८३ जेठ २५ , सोमबार

कर्णालीमा बढ्दो घरेलु हिंसा



सुर्खेत, साउन ५ ।  कर्णाली प्रदेशमा घरेलु हिंसा अहिले पनि बढ्दो क्रममा रहेको पाइन्छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा पछिल्लो तिन वर्षमा २ हजार २६९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय २७ घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् भने २०७७/७८ मा ८ सय ७५ वटा उजुरी दर्ता भएका छन्।

यस्तै आर्थिक वर्ष २०७८/०७९ भने ७ सय ६७ उजुरी प्रहरीमा दर्ता भएका छन्।

प्रदेश राजधानी समेत रहेको सुर्खेतमा घरेलु हिंसा झनै अत्यधिक छ । प्रहरी तथ्याङ्कअनुसार कर्णालीका दशवटै जिल्लामध्ये सुर्खेतमा घरेलु हिंसाका सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् ।


प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ मा सुर्खेतमा ४ सय ४८, दैलेखमा १ सय ३१, जाजरकोटमा  ४३, सल्यानमा ३७, रुकुममा २४, जुम्लामा ३९, हुम्लामा १०, मुगुमा १५,  कालिकोटमा १४ र डोल्पामा ६ वटा गरि जम्मा ७ सय ६७  घरेलु हिंसासम्बन्धी उजुरीहरू प्रहरीमा दर्ता भएका छन् ।

घरेलु हिंसा प्रत्येक वर्ष बढ्दै गएका छन् । पछिल्ला वर्षहरूमा यो समस्या थप जटिल बन्दै गएको छ । सबै खाले घरेलु हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम गर्दै आए पनि यसको न्यूनीकरणमा चुनौती देखिएको हो ।

प्रहरीमा आएका हिंसाका घटनाको संख्या हेर्दा अवस्था भयावह छ । समाज दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुख भइरहेका बेला अनेक बहानामा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहीबार