Karnali Media
२०८३ असार १ , सोमबार

वीरेन्द्रनगरका १ सय ५० बढी पशु चौपाय चौराँसे गौशाला पठाईयो



८ साउन, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा सडकमा बेवारिसे पशु चौपायाको व्यवस्थापन स्थानिय सरकारलाई प्रमुख चुनौति बन्दै आएको छ । कर्णाली प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरका सडकमा रहेका बेवारिसे पशु चौपायहरुको व्यवस्थापन गर्न शुरु गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका–११ नम्बर वडा कार्यालयको पहलमा पहिलो चरणमा डेढ सय भन्दा बढी चौपायालाई चौराँसे पठाइएको हो।


सडकमा रहेका पशु चौपायले सडक दुर्घटनाको जोखिम बढेकोले यस्ता घटना कम गर्न र बेवारिसे पशुको संरक्षण गर्ने उदेश्यले लेकबेँसी नगरपालिका–९ स्थित चौराँसे गौशालामा पठाइएको छ । वीरेन्द्रनगर नगरपालिका–११ का वडाअध्यक्ष खिमलाल देवकोटाले बताए । अबका दिनमा कसैले पशु चौपाया बेवारिसे छाडे वडा कार्यालयले कार्वाही समेत गर्ने उनको भनाई छ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार