Karnali Media
२०८३ असार १ , सोमबार

सेवाग्राहीको चाप बढेपछी सुर्खेत जिल्ला प्रशासनले बेलुका ९ बजेसम्म सेवा दिदै



८ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बेलुका ९-१० बजेसम्म सेवा दिदै आएको छ ।

निर्वाचन नजिकिदै गर्दा नागरिकता लिनेको भिड लागेपछी राती सम्म सेवा दिईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत  सूर्य बहादुर थापा जानकारी दिए ।


उनका अनुसार अपराह्न्न ४ बजे भन्दा पहिले कार्यालय समयमा नै सेवाग्राहीहरु आएको र उनीहरुलाई सेवा दिएर नै फर्काउने उद्देश्यले यसरी काम गरिरहेको बताएका छन्  । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा करिव १ हप्तादेखी यसरी नै रातीसम्म सेवा दिदै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार