२८ साउन, सुर्खेत । महंगी र भ्रष्टाचार विरुद्ध नेकपा (एमाले) ले सुर्खेतमा वृहत् जनप्रदर्शन गरेको छ । नेकपा (एमाले) का विभिन्न जनसंगठनहरुले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन ।
महंगी, भ्रष्टाचार र मुल्यवृद्धी बढिरहदा हालको गठबन्धनको सरकारले यसको नियन्त्रणमा कुनै चासो नदिएको भन्दै प्रदर्शन गरिएको थियो । नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् विद्यार्थी फाँट प्रमुख, युवा नेता रुद्र शाहीले भने, “मुलुक आज चरम मुल्यवृद्धी तथा भ्रष्टाचार बाट आक्रान्त छ ! परमादेश बाट वनेकाे गठबन्धन सरकार जनता र जनजिविकाप्रती अनुउत्तरदायी छ ! मुलुक आर्थिक लगायतका सम्पुर्ण हिसाबले ध्वस्त हुदैछ , तर पनि गठबन्धनका दलहरु सत्ता मै ब्रम्हलुट गरिरहेका छन्, तर्सथ नेपाली जनता र देशलाई वचाउन मुलुककाे राष्ट्रवादी शक्तिकाे हिसाबमा नेकपा एमाले नेपाली जनताकाे साथमा छ, नेपाली जनता नेकपा एमालेकाे साथमा भएको र हुनुपर्ने आजकाे आवश्यकता हाे । तर्सथ गठबन्धन सरकारका गलत हर्कत र विकृतिका विरुद्धमा हामी डटेर विराेध गरिरहेका छौ ।”
अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह इन्चार्ज नवीन योगीले, मुलत : अहिलेको सरकार जुन अन्तर्राष्ट्रिय मूल्य र मान्यता बिपरित चर्को मूल्य वृद्धि गरेको छ र देशको आर्थिक अवस्था निकै धरासायी भएर श्रीलंका बनाउन खोजिएको छ त्यसलाई बचाउन स्वभाविक रुपमा नेकपा एमाले ले बचाउनु पर्छ अरु सत्ताका लागि आफ्नो र परिवारको खुशीका लागि हुन भने नेकपा एमाले जनता सङ्ग जोडिएका हरेक सवालको पक्षमा वकालत गर्दै देश ,जनता ,विकास र समृद्ध राष्ट्र र राष्ट्रियताको सवालमा लागिपर्छ र त्यो हाम्रो मुख्य काम,कर्तव्य र जिम्मेवारी भएको बताए ।
प्रदर्शनमा नेकपा (एमाले) का बिभिन्न संगठन लगायतको सहभागीता थियो। वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको विरोध जनप्रदर्शन पिपल चौतारामा गएर कोणसभामा परिणत भएको थियो ।
संवाददाता । शनिबार, साउन २८, २०७९ मा प्रकाशित