सुर्खेत, साउन २९ । दिगो विकासको लागि अनुसन्धान केन्द्रले सामुदायिक अकंपत्रको प्रयोग गरेर संस्थाले अकं बढाएको छ ।
आज आइतबार विरेन्द्रनगरमा प्रयास परियोजना अन्तरगत आयोन सङ्ग सहकार्य गरेर दिगो विकास संस्थाले सामुदायिक अंकपत्रको विश्लेषण गरेर अंक बढाएको छ ।
नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले नियमित रुपमा सामुदायिक अंकपत्रको प्रयोग गर्दै आएको छ ।
संस्थामा रहेका संचालक समिती (अधिकार वाहक) र साधारण सदस्य (अधिकारवाला) लाई छुट्टाछुट्टै राखेर अंक दिने र फेरि दुबै समूहको आमनेसामने गरेर संस्थाको सुशासनका लागि विभिन्न विद्यामा रहेर यस्को प्रयोग गर्ने गर्दछ ।
अंकपत्रको प्रयोग गर्दा समावेशी सुशासन, नेतृत्व र रणनीति, वकालत, आर्थिक तथा प्रशासनिक व्यवस्थापन, दिगोपना र सान्दर्भिकता, सिकाई र व्यवस्थापन प्रमाणपत्र र आवद्धतामा आधारित सुचकमा छलफल गरेर अंक दिने गरिन्छ ।
करिब ६⁄६ महिनाको अन्तरालमा तीन पटक गरिएको सामुदायिक अंक पत्रमा दिगो विकासले कुल ९६ अंकमा ७९ अंक प्राप्त गरेको छ । यस अघि गरिएको सामुदायिक अंक पत्रमा ५४ अंक प्राप्त गरेको थियो ।
संस्थाको आन्तरिक सुशासनका सन्दर्भमा उल्लेखनीय प्रगति गरेको आयोन नेपालका प्रयास परियोजना संयोजक रेखा वलीले बताएकी छन् ।
यो संस्थाले युवाको र विपद्को सवालमा काम गर्दै आएको छ । समावेशी सुशासन र उत्थानशिल समुदाय निर्माणको लागि युवाको प्रयास अपरिहार्य भएकोले युवाशक्तीले प्रयास गरे हरेक कुराको सम्भव रहेको विरेन्द्रनगर नगरपालिका वडा न ८ का वडा अध्यक्ष टिकाराम शर्माले बताए ।
यस्तै उनले आफुले आफुलाई शासन गर्ने कुरा नै सुशासन भएकोले आफुलाइ शासन गरेर सुशासन कायम गर्नुपर्ने शर्माको भनाई छ ।
संवाददाता । आइतबार, साउन २९, २०७९ मा प्रकाशित