२९ साउन, दैलेख । शहरी स्वास्थ्य केन्द्र दुल्लु नगरपालिका-१३ विनायकमा केही दिनयता भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ। वितेको दुई हप्तादेखि शहरी स्वास्थ्य केन्द्र बिनायकमा मात्रै दैनिक ५ देखि ७ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।
स्वास्थ्य केन्द्रमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, नाक बाट सिगान बग्ने , जिउ तथा हात खुट्टा दुख्ने लक्षण देखिएको शहरी स्वास्थ्य केन्द बिनायकले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने सल्लाह दिएर दुल्लु अस्पताल र दैलेख जिल्ला अस्पतालमा रेफर गरिएको भए पनि धेरै जसाे एन्टिजेन परिक्षण गर्न नगएकाे शहरी स्वास्थ्य केन्द्रका सि.अहेव कमल कुमार भण्डारीले बाताए । शहरी स्वास्थ्य केन्द्र विनायक बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि उत्तिकै सङ्ख्यामा भाईरल ज्वराेका बिरामी आउने गरेका छन् ।
यस्तै, शहरी स्वास्थ्य केन्द्रका प्रमुख कमल कुमार भण्डारीले कोरोनासँगै अन्य सङ्क्रामक रोग फैलिन थालेको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
संवाददाता । आइतबार, साउन २९, २०७९ मा प्रकाशित