३० साउन, सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रातको समयमा दुई पाङ्ग्रे सवारी साधन नचलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्देशन दिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातको समयमा दुई पाङ्ग्रे सवारी साधन नचलाउने र दिनको समयमा पनि चार पाङ्ग्रे सवारी साधनको अगाडी पछाडि रहि संचालन गर्ने निर्णय गरेको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट आइतबार मृत्यु भएको थियो । स्थानीयले सोमबार विहान ११ बजेदेखि कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेकोमा जिल्ला सुरक्षा समितीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो निर्णय गरेको हो ।
संवाददाता । सोमबार, साउन ३०, २०७९ मा प्रकाशित