Karnali Media
२०८३ असार २ , मंगलबार

कोरोनाले खोसेको तीजको रौनक फेरी फर्कियो



१४ भदौ, सुर्खेत। आज हिन्दु नारीहरुको महान पर्व तीज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न कार्यक्रम गरि तीज मनाइएको छ। मंगलबार वागिना समूह सुर्खेतले वीरेन्द्रनगर खुलामञ्चमा आयोजना गरेको तीज कार्यक्रम उत्साहका साथ मनाइएको थियो।

वागिना समूहले हरितालिका तीजको अवसरमा सद्भावना मेलाको कार्यक्रमको आयोजना गरेको थियो। यसो त आज नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक गाउँ देखि सहर सम्म जताततै छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।पछिल्लो समय तीज भड्किलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीजको नृत्य र गीतमा केही उत्ताउलोपना समेत देखिन थालेको छ । जसले मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले विगतका दिनमा पनि तीज कार्यक्रमलाई निरन्ततादिँदै आएकोमा वितेको दुई वर्ष कोरोना महामारीका कारण रोकिएको र अबका दिनमा निरन्तता दिने बताइन्। उनले महिला दिदीबहीनिहरुका लागि विषेश पर्व रहेकाले यस प्रकारको संस्कार, संस्कृतिलाई बचाई राख्न गरेको सद्भावना मेलाप्रति धन्यवाद व्यक्त गरिन्। साथै प्रमुख ढकालले प्रत्येक वर्ष हुने हरितालिका तीजको अवसरमा कार्यक्रम गर्ने कुनै पनि संघ–संस्थालाई पालिकाले कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताइन्।


प्रकाशित मिति : २०७९ भदौ १४ गते मंगलबार