Karnali Media
२०८३ असार २ , मंगलबार

लेकगाँउका बाढी पीडितलाई राहत वितरण



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ५ बाढी पीडितलाई राहत वितरण गरिएको छ।

गत भदौ ३१ गते राती परेको अविरल वर्षाको कारणले आएको बाढीले बराहताल गाउँपालिका वडा नं ५ लेकगाँउका विस्थापन भएका १४ जना लाई युयसएआइडी/मर्सिकोर नेपाल र सुन्दर नेपाल संस्था द्धारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत गैर खाद्य वस्तु राहत वितरण गरिएको हो।राहत बिवतरणमा यान एफ रा आई किटमा त्रिपाल १ थान , बाल्टी १ थान , जग १ थान , कम्बल १ थान , सिरक १ थान , टर्च १ थान , डोरी २ थान , टाबेल १ थान पिफम २ थान र म्याट १ थान गरी वितरण गरिएको सुन्दर नेपाल संस्थाका भकारी कार्यक्रमका डि आर आर अधिकृत गगन खड्काले जानकारी दिए।


गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी मार्फत राहत वितरण भएको थियो । वडा अध्यक्ष धिमराज जोल्मी मगर गाउँपालिका विपद् फोकल व्यक्ति कृष्ण प्रसाद शर्मा मर्सिकोर नेपाल भकारी कार्यक्रमका लाक्पा छिरिङ तामाङ सुजित गौतम सुन्दर नेपाल संस्थाका गगन खड्का मञ्जु रिमाल निर्मल लामिछाने मगर सामुदायिक विपद् व्यबस्थापन समितिका अध्यक्ष डिल्लिराम वम पूर्व सुचना कार्यदलका संयोजक युवराज बस्नेत सहितको उपस्थितीमा राहत वितरण भएको थियो।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार