सुर्खेत, असोज ८ । गएको भदौ ३१ गते राती परेको अविरल वर्षासँगैको पहिरो र बाढीबाट बराहतालका गाँउपालिकाका लगभग ५५ घरधुरी प्रभावित भएका छन् । बर्षा सकिसके पछि आएको बर्षातले त्यहाको जनजिवन कष्टकर बनेको हो ।
बराहताल गाउँपालिका–५ चेपाङमा वस्ती माथिबाट बाढीसँगै खसेको पहिरोबाट ४१ घरधुरी विस्तापित बनेका हुन् । १४ घर टेन्टमा बस्नु पर्ने अवस्था र अन्य घरधुरी जोखिममा रहेका छन् ।
यस्तै, वडा न ३ केलाडि र सिस्नेरीमा पनि १५ घर जोखिममा रहेका छन् भने वडा न ६ मा एउटा घर पुर्ण रुपले भत्केको र अन्य ७ वटा घर जोेखिमा रहेको बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारीले जानकारी दिएका छन् ।
विस्तापित परिवारलाई विद्यालय भवन र छिमेकीको घरमा मिलाएर व्यवस्थापन गरिएको अध्यक्ष भण्डारको भनाई छ ।
विद्यालय भवन र छिमेकीको घरमा आश्रय लिइरहेका परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन सुर्खेत साथै विभिन्न दातृ निकायहरुले राहत सामग्री राहत सामग्री सहयोग गरिएको छ ।
कानुन मन्त्रालय, जिल्ला प्रशासन सुर्खेत साथै ृ निकायहरुले समाज जागरण केन्द्र (स्याक) नेपाल, सुन्दर नेपाल संस्था र मर्सिकोरले गाउँपालिकाको कार्यालय रहेको बड्डीचौरमा पुगेर प्रदान गरेको राहत सामाग्री पालिका अध्यक्ष भीमबहादुर भण्डारीले विस्थापित परिवारलाई हस्तान्तरण गरेका छन् ।
बराहतालका १० ओटा वडा मध्य ८ वटै वडामा पहिरो सडकमा खस्दा सवारी आवतजावतमा समस्या देखिएको छ । यस्ले गर्दा पनि पालिकाका सबै ठाउँमा राहत सहयोग गर्नमा समस्या भएको उनको भनाई छ ।
जतिसक्दो चाडो सडक सफाई गर्ने गाउँपालिकाले जनाएको छ । ढिलाइ भएमा हिड्दै बोकेर पनि राहत सहयोग गर्ने भण्डारी बताउछन् ।
विस्थापितहरुलाई खानेकुरा, त्रिपाल, कम्बल, प्लाष्टिकको चटाई, बालकालिकाका लागि झोला, भान्सामा प्रयोग हुने भाडा सेट, बाल्टिन लगायतका सामग्रीहरु सहयोग गरिएको हो ।
संवाददाता । शनिबार, असोज ०८, २०७९ मा प्रकाशित