सुर्खेत, असोज १६ । बराहताल गाउँपालिकाले बाढीपहिरो प्रभावित १४ घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । दशैंको मुखमा घरबार बिहिन भएका बाढीपहिरो प्रभावित बराहताल ५ चेपाङका बस्तिलाई आज आइतबार खाद्यान्न सहयोग गरिएको हो ।
गएको भदौ ३१ गते राती परेको अविरल वर्षाले बराहताल गाउँपालिका–५ चेपाङमा वस्ती माथिबाट बाढीसँगै खसेको पहिरोबाट ४१ घरधुरी विस्तापित बनेका हुन् । १४ घरधुरीमा पुर्ण रुपले क्षती भएको छ भने अन्य घरधुरी जोखिममा रहेका छन् ।ती पुर्णरुपमा क्षती भएर टेन्टमा बस्दै आएका १४ घरधुरीलाई दसैंको अष्ठमीको पुर्वसन्ध्यामा बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले विस्थापित परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।
अध्यक्ष भण्डारीले दसैंको मुखमा पिडित बनेका विस्थापित परिवारको दसैं खल्लो नबनाउने बताएका छन् ।विस्थापितहरुलाई खानेकुरा, चामल, दाल, नुन, तेल, मसला जस्ता दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरिएको छ ।
संवाददाता । आइतबार, असोज १६, २०७९ मा प्रकाशित