सुर्खेत । दशैं तिहार जस्ता चाडपर्वहरु आएपनि पनि सुर्खेतका बाढी पिडितहरुलाई दशा नै आएको छ । सुर्खेतका कतिपय बाढीपिडितहरु अझै पनि के खाने भन्ने पिडामा रहेका छन् । बिहान बेलुका ज्यालामजदुरी गरेर खाने उनिहरुलाई चाडपर्व आउनु दशा आउनु सरह भएको बताउछन्।
करिब ८ बर्ष पहिले आएको बाढीबाट विस्तापित भएका बाढी पिडितहरु अझै सम्म पनि पाल मुनी जिविको पार्जन गर्न बाध्य छन् । सरकारले विभिन्न किसिमका आश्वासन दिएपनि उनिहरुको लागि केही राहत नभएको गुनासो छ।
राहत वितरणको नाममा विभिन्न सघंसंस्थाहरु, स्थानिय प्रदेश सरकारले केहि सामाग्रिहरु दिएपनि दुईचार छाक टार्ने भन्दा काम बाहेक अरु राहत नभएको उनिहरुको गुनासो छ ।
वि.स. २०७१ साल साउन २९ गत्ते आएको बाढिले विस्तापित भएदेखि सरकारले विभिन्न खाले आश्वासन दिएपनि केहि नगरेको हुदाँ सरकारको आस लाग्नै छोडेको भेरीगंगा नगरपालिका वडा न. २ सत्तरीका याद बहादुर विसी बताउछन् ।
उनले बिहान बेलुका ज्यालामजदुरी गरेर, अलिअलि खेतीपाति गरेर जिविकोपार्जन गरिरहेको भएपनि फेरीपनि बाढी आएर त्यही परिस्थिति सामना गनुपर्ने पिर लाग्ने बताउदैँ खोलाकिनारमा तटबन्ध गर्न आग्रह गरेका छन् ।
यस्तै, बराहताल गाउँपालिकामा भदौ ३१ गत्ते गएको बाढीले विस्तापित भएका घरपरिवार पालमुनी दशैं मनाउन बाध्य छन् । स्थानिय सरकारले राहत सामाग्रि दाल, चामल, नुन,तेल दिएर सहयोग गरिरहेकोले भोकै बस्न नपरेपनि तालमुनि बस्नुपर्दा पिडा भएको बराहताल गाउँपालिका वडा न ५ का डिल बहादुर सलामीले बताएका छन् ।
यता, प्रदेश सरकारले बाढिपिडितहरुलाई राहत वितरण गर्दै आएको बताएको छ ।
तत्कालै पश्चिम सुर्खेतमा राहत सहयोग गरेर आएको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिम बहादुर शाही बताए।
उनले बाढिपिडितको नाममा थोरै नोक्सानीलाई पनि धेरै भन्दै आउने हुदाँ समस्या भएको बताउदै बाढीपिडितको लागि कर्णाली प्रदेश सरकार लागिपरिरहेको मन्त्रि शाहीको भनाई छ ।
भावना राना । बुधबार, असोज १९, २०७९ मा प्रकाशित