Karnali Media
२०८३ असार २ , मंगलबार

महँगो हवाई भाडा र टिकट नपाउने समस्यासँग जुध्दै कर्णालीका यात्रु



सुर्खेत, असोज २८ ।कर्णाली राजमार्गमा अविरल वर्षा संगै आएको पहिरोले जोखिमपुर्ण भएपछि नागरिक अहिले जहाजको यात्रा गर्न बाध्य छन् ।

राजमार्गमा दैनिक पहिरो आउने गरेकोले यात्रामा निकै कष्ट हुने गरेको छ । तर एउटै माध्यम जहाजको टिकटमा मनोमानी हुदा कर्णालीका हिमाली जिल्लाहरुका नागरिकले भने यात्रा गर्न समस्या भएको बताएका छन् ।

जुम्लाको तिला गाउँपालिकाका टंक न्यौपान र तपेन्द्र भटटराइले विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै जहाजको टिकट पाउने अवस्था नरहेको बताउछन् ।

उनीहरुका अनुसार महंगोभाडा भन्दा पनि टिकट नै नपाईएको हो कर्णाली राजमार्ग खुलेपछि विमानस्थलमा अहिले नै चाप वढेको यात्रुहरुले बताएका छन् ।

यता, नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख सन्तोस अधिकारीका अनुसार जुम्ला देखि नेपालगंज दैनिक २ देखि ३ वटा उडान भर्दै आएको छ । जुम्लामा तारा, गोमा, सिता एयरले उडान भर्दै आएका छन ।


प्रमुख अधिकारीले विरामी र लोकसेवाको परिक्षा दिने विद्याथिृहरुलाई प्राथमिकता दिइएको बताए ।

यस्तै, स्थानीय प्रशासन कार्यालय जुम्लाले भने, फलाइट कम हुदा समस्या रहेको जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले दैनिक दशै र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा भिडभाड हुने गरेको भन्दै बढी भन्दा बढी फलाइट भर्ने कुरामा समवन्य भइरहेको बताउछन् ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मुगुका प्रमुख सन्तोस गौतमले पनि एयरलाइन्स कम्पनी नै बढी नहुदा समस्या भएको बताउछन् ।

यस्तै, नागरिक उड्डयन प्राधिकरण सुर्खेतले यो आर्थिक वर्ष देखि हुम्ला सिमकोटको लागि मात्रै उडान भर्दै आएको छ । यात्रुका लागि नेपालगंज जानुपर्ने अवस्था छ । कर्णालीका अन्य जिल्लामा उडान पछिल्ला केही समय सुर्खेतबाट शुन्य रहेको कार्यालय सुर्खेतका निमित प्रमुख प्रतिष्ठा आचार्यले बताइन् ।

 

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार