Karnali Media
२०८३ असार २ , मंगलबार

दुल्लु अस्पतालमा अप्रेसन सेवा सुरु गर्न तयारी पुरा



दैलेख । दुल्लु अस्पतालमा अप्रेसन सेवा सञ्चालन लागि तयारी पुरा भएको र अप्रेसन थ्रेयटरको सम्पूर्ण जडान कार्य सकियको छ ।

अबको केहि दिनमा अपे्रसन सेवा संचालनमा आउने दुल्लु अस्पतालले जनाएको छ । यस्तै विशेषज्ञ डा. राजन नारायण नकर्मी सहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्कर्मा डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानमणि थापा ,समीर कुमार खत्री सहितको सम्पूर्ण टिम तयारि अवस्थामा रहेको दुल्लु अस्पतालले जनाएको छ ।


दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले अप्रेसन सेवा मंसिर दोस्रो साताबाट सुरु हुने बताए । दुल्लु अस्पतालबाट सुरुवाती चरणमा ८ प्रकारका अप्रेसनहरु हुने पनि उनले बताए । दुल्लु अस्पताललाई थप स्तरिय बनाउन अघिल्लो स्थानिय सरकारले पनि काम गरिरहेको र आफ्नो कार्यकालमा पनि महत्वपूर्ण काम गर्ने बताए ।

यस्तै, दुल्लु नगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम भण्डारीले दुल्लु अस्पतालमा अपे्रसन सेवा सुरु गर्न एक बर्ष अघि देखि नै काम सुरु गरेको बताए । उनले भने, ‘भौतिक पूर्वाधारको अभावमा अपे्रसन सेवा सुचारु गर्न ढिलाई भएको र अहिले अस्पतालका दुई भवनलाई एकै ठाउँमा जोडेर अपे्रसन कक्ष तयार पारेको बताए ।अपे्रसन सेवा दुल्लु अस्पतालमा नै पाउने भएपछि स्थानियहरु हर्षित भएको स्थानिय स्वास्थ्यकर्मी महेन्द्र थापाले बताए । उनले भने, ‘अब दुल्लुमा नै स्थानियले अपे्रसन सेवा पाउने भएपछि यहाँका नागरीकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने समस्या अन्त्य हुनेछ ।’

प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार