सुर्खेत । आम निर्वाचन नजिकिदै गर्दा यतिबेला उम्मेदवारहरु भने चुनावी घरदैलो अभियानको अन्तिम कसरतमा होमिएका छन् । मंसिर ४ गते हुने निर्वाचनलाई केन्द्रित रहेर यतिबेला उम्मेदवारहरु मतदाताको बीचमा छन् र आफ्ना योजना भिजनहरु मतदाता माझ बुझाउँदै र चुनावी गतिबिधिलाई तिब्र बनाउँदै गईरहेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका टेक बहादुर चुनारासंग हामीले निर्वाचन केन्द्रित रहेर कुराकानी गरेका छौ ।
अन्तर्वार्ताको सुरुवातमै उनले भने, “हामी र हाम्रो दलहरुप्रति आकर्षण बढ्दो छ । पुराना दलहरुप्रति मतदाताको बितिष्णा बढ्दै गएको छ, कारण हो लामो समयसम्म पनि समाजमा व्यप्त बिभिन्न समस्याहरुको समाधान गर्न सकेनन् र जनताको अवस्थामा परिवर्तन आएन त्यसैले गर्दा हामी र हाम्रा उम्मेदवारप्रति आकर्षण र विश्वास बढेको छ । जसलाई हामिले कहिले गुमाउने छैनौं ।”
मतदाताले एजेण्डाप्रति विश्वास गर्छन ?
उनले भने, “मतदाताको एजेण्डा र घोषणापत्रप्रतिको विश्वास हराउँदै गएको छ । लामो समयदेखि बिभिन्न राजनितिक दलहरुले मतदाताहरुलाई बिभिन्न आश्वासन दिए तर पटक पटक सत्ता र नेतृत्वमा पुग्दा पनि केही नगर्ने र चुनाव जित्नकै लागि एजेण्डाहरुमा झुटको खेती गर्दा जनताहरुले पुरानो नेतृत्वहरुप्रतिको आक्रोसका कारणले गर्दा यस्तो अवस्था सिर्जना भएको हो । यदपि राष्ट्रिय स्वतन्त्र पार्टीप्रती भने जनता सकारानत्मक छन् । हामिले गर्न सक्ने र गर्छौ नै भनेर बाचापत्र तयार पारेका छौ । जनताको अमूल्य मत पाएको खण्डमा यसको कार्यान्वयनमा रत्तिभर पनि चुक्ने छैनौ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी र यसका उम्मेदवारप्रति जनताले विश्वास किन गर्ने ?
“यो पार्टी नेपालको वर्तमान अवस्थाको अन्त्य गरि नागरिकका अनेकन समस्याहरुको समाधान गर्न समस्याहरुकै कारण र समस्याहरुकै बीच जन्मेको पार्टी हो । हामि अहिलेको परिस्थीतिलाई बुझेर अघि बढिरहेका छन् र यसका उम्मेदवार र नेतृत्व सक्षम छ । त्यसैले पनि मतदाताले हामिलाई विश्वास गर्छन् ।”
तपाईको उम्मेदवारी के का लागि ?
“मेरो उम्मेदवारी मुलतः समाजमा रहेका अनेक समस्याहरुको समाधानका लागि हो । म चाहान्छु कनै पनि जनप्रतिनिधिका कारण नागरिकले सास्ति भोग्नु नपरोस् । विकासका नाममा हुने अनेक बेतिथीको अन्त्य र समाजलाई सकारात्मक परिवर्तनको बाटोमा लैजान मेरो उम्मेदवारी हो । यति भनिरहदा मलाई पदको लोभ भने होईन । न त कसैप्रतिको आक्रोसले नै उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी मात्र समाजका लागि काम गर्नका लागि हो । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र विचार मन परेर यो पार्टी रोजे । उम्मेदवारको सन्दर्भमा हाम्रो पार्टीभित्र भएको प्राईमेरी निर्वाचनले मलाई उम्मेदवारमा सिफारिस भए र उम्मेदवार बने ।”
सुर्खेतका मतदाताले के खोजेका छन् ?
“अहिले यहाँका मतदाताले परिवर्तन खोजेका छन् । एउटै अनुहार पटक पटक जिताएका यहाँका मतदाताले विकास र समृद्धिका सपना मात्रै देखे त्यसैले यसपटक मतदाता परिवर्तन चाहान्छन् । र जुन हाम्रो घरदैलो अभियानमा देखिएको पनि छ । हामिले मत माग्दा कुनै आश्वासन दिएका छैनौ हामि गर्न सकिने र आधार सहितका योजनाहरु लिएर जनतामाझ गएका छौ ।”
तपाईका प्रतिवद्धताहरु के के हुन ?
कर्णाली प्रदेशको सन्दर्भमा “दिगो विकासको पूर्वाधार, कर्णाली प्रदेशको आधार” भन्ने उदेश्यले चुनावी मैदानमा छौ । हामा्र केही प्रतिवद्धताहरु यसप्रकार छन् ।
—जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने ।
—भ्रष्टाचार मुक्त समाजः म पनि गर्दिन गर्नेलाई पनि छाड्दिन ।
—स्वास्थ्यमा सबैको समान पहुँचः सक्नेले आफै गर्ने नसक्नेलाई सरकारले निःशुल्क स्वास्थ्य सेवा ।
—सुरक्षित राजमार्ग तथा सडक सञ्जालः दुर्गम क्षेत्रका मुख्य मुख्य सडकहरू कालोपत्रे गराउने ।
—विगत लामो समय देखि भोग चलन गर्दै आएका सुकुम्बासीहरूको पहिचान गरि तत्काल स्थायी पुर्जा वितरण गर्ने ।
—कृषिमा आधुनिकिकरण क्रान्तीः एक क्षेत्र, एक बाली, किसानको जीवनमा खुशीयाली गराउदै हरेक कृषकलाई आत्मनिर्भर बनाउने वडा एक व्यवसाय अनेकः व्यापारीलाई सहज वातावरण सहित प्रविधिको अधिकतम् प्रयोग गर्दै युवाहरूलाई उद्यमशिल गुणस्तरीय पूर्वाधार निर्माण तथा अनुगमन ।
—नेपाल सरकारका कुनै पनि कर्मचारीहरूलाई राजनितिक संगठनहरूमा आवद्ध हुन दिइने छैन ।
—अब पालो युवाकोः हरेक क्षेत्रमा युवाहरूको पहुँच पुग्ने गरि युवा निती बनाइने ।
उम्मेदवार बनेर घरदैलोमा जादा कस्तो अनुभव भयो ?
“म उम्मेदवार बनेर जनतामाझ जादा जनताका धेरै समस्या नजिकबाट बुझ्न पाए मेरो उम्मेदवारी पनि यस्तै समस्या समाधानका लागि हो । जनताले यसपटक मत बदल्न चाहेका छन् ।”
को हुन् टेक बहादुर चुनारा ?
यसो त उनको एउटा पहिचान भने छैन । उनी समाजसेवी हुन्, कलाकार हुन, पूर्ब आर्मी हुन, युवा अगुवा हुन, देशमै रोजगारी नपाउदा विदेशियका युवा हुन्, र देश विदेश बुझेका नेपाली हुन् । उनी करीब ४५ बर्षका भए । वीरेन्द्रनगर सुर्खेतमा नै जन्मेका उनको बाल्यकाल पनि वीरेन्द्रनगरमा नै बित्यो । विद्यालय तहको पढाई सकेर उनी आर्मी बने पछि बिबिध कारणले गर्दा उनी बैदेशिक रोजगारी गए र उनले कलाकारिता र समाजसेवालाई संगै अघि बढाए जुन अहिले पनि जारी छ ।
संवाददाता । बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित