सुर्खेत । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर ६ सुर्खेतको ५३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आईतबार बिभिन्न कार्यक्रम गरि विद्यालयले बाषिक साधारणसभा मनाएको हो ।
२०२६ सालमा पब्लिक प्राथमिक विद्यालयको नामबबाट स्थापित यस विद्यालय नेरा प्रा वि हुदै हाल नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नामबाट सुपरिचित भएको छ । २०५७ शालमा निमावि, २०६१ मा मावी र २०६९ मा तत्कालिन उच्च माध्यमिक संचालन स्वीकृत प्राप्त गरेको यस विद्यालयले २०७६ शालदेखि प्राविधिक धारको ३ बर्षे कम्प्यूटर डिप्लोमा समेत अध्यापन गराउने स्वीकृति प्राप्त गरेको छ ।
शैक्षिक उन्नयनको आधार बनेको यो विद्यालयलाई बिस्तारै प्राविधिक र प्राज्ञिक शिक्षाको थलोको रुपमा विकास गर्दै जाने विद्यालयका प्रधानाध्यापक गणेश न्यौपानेले बताए । प्रगती विवरण सार्वजनिक गर्दै उनले शैक्षिक शत्र २०७८/०७९ मा १ हजार ६ सय ८८ विद्यार्थी भर्ना भएको बताए । यस्तै आर्थिक बर्ष २०७८/०७९ मा २ करोड ६१ लाख ७१ हजार ९५४ रुपैयाको आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।
बार्षिक साधारणसभा कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (क) का सांसद यामलाल कंडेलले शैक्षिक बिकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । शैक्षिक बिकासमा आफ्नो कार्याकालमा महत्वपूर्ण काम गर्ने पनि उनले बताए ।
संवाददाता । आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित