काठमाडौं । अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो ।
फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।
तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।
संवाददाता । आइतबार, पुष ०३, २०७९ मा प्रकाशित