Karnali Media
२०८३ भदौ १२ , शुक्रबार

प्रधानमन्त्रीद्वारा कम्बोडियामा आगलागीमा परेर मृत्यु भएका पाण्डेप्रति श्रद्धाञ्जली



काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको होटल क्यासिनोमा भएको आगलागीमा परेर निराकर पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले शनिबार सो घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री दाहालले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।


साथै उनले मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न मुख्य सचिवलाई निर्देशन समेत दिएका छन् ।

सो होटलमा बिहीबार आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका१ का पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार