सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७९ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महाँसंघ कर्णाली प्रदेशको आयोजनामा लघु घरेलु तथा साना उद्योगको बजार प्रर्बद्धन गर्ने उद्धेश्यले महोत्सव हुने भएको हो ।
स्थानिय उत्पादनहरुलाई सार्वजनिक निकायमा र सबै उपभोक्ता बिच प्रयोग गर्ने उदेश्यका साथै कृषि क्षेत्रको उत्पादन बढाउन सघाउ पुग्ने आयोजकले जनाएको छ ।
महोत्सवस माघ १३ देखि २१ गते सम्म संचालन हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बढा क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार लघु, घरेलु, साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामाग्रीहरुको बजारीकरणको लागि प्रदशनी मेला आयोजना गरि बजारीकरणमा टेवा पुर्याउने छ । कर्णाली प्रदेशका लघु, घरेलु साना तथा महिला उद्यमीहरु बीच सम्पर्क बढाउने भन्दै उहाले कर्णाली प्रदेशका औद्योगिक वस्तुहरुको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारीकरणको सम्भावनाको खोज तथा प्रवर्द्धन गरिने उनले बताए ।
महत्वसवमा कर्णालीका उत्पादित घरेलु सामग्री व्यापार तथा प्रचार प्रदर्शनी गरिने छ । गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, लिउ, फेरुवा, पाखी तथा कोटकाकपडाहरु को बिक्रि बितरण हुने र प्रत्यक्ष उद्यमीले नाफा लिने अपेक्षा लिइएको छ ।
महत्वसव अवधीभर करिब ४ करोड भन्दा बढिको प्रत्यक्ष कारोबार र३ करोड भन्दा बढिको अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
संवाददाता । मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित