सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा माघ १४ गते दोस्रो लियो जिल्ला काउन्सिल कार्यक्रम हुने भएको छ । देशभरका लियो क्लबका प्रतिनिधिको सहभागितामा हुने यो कार्यक्रम कर्णालीमा पहिलो पटक हुन लागेको हो ।
लियो क्लब अफ भैरबस्थानको आयोजनामा हुने उक्त कार्यक्रममा देशभरका २०० बढीको सहभागिता रहने लियो क्लबका सुर्खेत जिल्ला प्रमुख किरण किशोर सापकोटाले बताए । उनले यस कार्यक्रमले कर्णालीको पर्यटन बिकासमा महत्वपूर्ण सहयोग गर्ने आशा लिएको पनि उनले बताए । यस्तै कर्णालीमा पहिलो पटक हुने लियो काउन्सिल कार्यक्रममा लियो क्लबका काम, उदेश्यका बारेमा पनि छलफल हुने सापकोटाले बताए । उनले भने, लियो क्लबले बिशेषत युवाहरुको नेतृत्व बिकासमा काम गर्दछ । सुर्खेतमा हुने कार्यक्रममा उत्कृष्ट काम गर्ने लियो पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेका छ । यस क्लबले युवाहरुको क्षमता बृद्धिमा काम गर्दै आएको छ ।
लियो क्लबको सुर्खेतमा हुने काउन्सिल कार्यक्रमको आयोजना गर्ने जिम्मा पाएको लियो क्लब अफ भैरबस्थानका अध्यक्ष सुजिता रोकायाले बिभिन्न चुनौतीहरु रहेको भएपनि यो कार्यक्रमलाई प्रभावकारी बनाउन लागि परेको र सबैका सहयोगको अपेक्षा गरेको बताईन् ।
यो कार्यक्रममा पूर्वको भालुवाङदेखि पश्चिमको महेन्द्रनगरसम्मका लियो पदाधिकारीको सहभागिता रहनेछ ।
संवाददाता । शनिबार, माघ ०७, २०७९ मा प्रकाशित