Karnali Media
२०८३ असार ९ , मंगलबार

होलीमा इच्छा विपरित रंग नदल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागु पूणिमा (होली)मा कसैको इच्छा विपरित रंग नदल्न आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति निकाल्दै प्रशासनले होली पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थलमा होहल्ला गरि सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्याउने जस्ता अराजक कार्यहरु नगर्न अनुरोध गरेको छ । साथै यस्ता क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।


प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार