दैलेख । दैलेखबाट निर्वाचित भएका प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंमा शनिबार दैलेखी सेवा समाज काठमाडौंले सांसदहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अमर बहादुर थापाले दैलेखको बिकासको लागि अगाडी बढ्ने धारणा बताए । सारदा श्रेष्ठले जिल्लाको बिकासको लागि आफु पुर्ण रुपमा समय दिएर साथमा रहने धारणा व्यक्त गरिन । प्रदेश सभा सदस्यले पुर्ण बहादुर खत्रीले २०५२ सालदेखि हालसम्म ल्याउनुहुने सबै नेतृत्वहरुलाई धन्यबाद दिदै समाजको बिकासको लागि अघि बढ्ने वताए । यस्तै सांसद इन्द्रा कुमारी शाहीले सेवा समाजले सुख तथा दु:खमा साथ दिएको र यसको काममा आफू सन्तुष्ट भएको र सक्ने सहयोग गर्ने बताईन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
कार्यक्रममा बोल्दै कृष्ण कुमार बिसीले सबै मिलेर समग्र दैलेख बनाउने महाअभियानको थालनी गर्ने समय भएको बताए । दैलेखबाट कर्णाली प्रदेश सभा सदस्य गोमता बिकले समाजले कर्ययोजना र प्रस्तावको आधारमा दैलेखी समाज अघि बढ्नु पने बताइन् । यस्तै प्रदेश सभा सदस्य घनश्याम भण्डारीले ज्वाला सिन्जा र कर्णाली सभ्यताको केन्द्र दैलेखको बिकासको लागि सबैको हातेमालो आवश्यक भएकोले समाजले विभाग गठन गरेर जिम्मेवारी बाडफाड गर्दै सेवा समाजले देशभर दैलेखीको सबै क्षेत्रमा पहुच बिस्तार गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा शैक्षिक अगुवा खड्ग बहादुर सिजापती, नेता नरर्सिङह मल्ल, पत्रकार भरतबन्धु थापाले पशुपती देखि पन्चकोशी सम्मको पदमार्ग सुरु गर्ने बताए । कर्यक्रमको सहजिकरण रबिन्द्र सुवेदी र सभापति प्रताप शाहीले गरेका थिए । कार्यक्रममा दैलेखी सेवा समाजको कार्य समितिको उलेख्य सहभगिता थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, फागुन २७, २०७९ मा प्रकाशित