Karnali Media
२०८३ असार ९ , मंगलबार

फुलवारी मण्टेश्वरीको दिक्षान्त तथा विदाई समारोह सम्पन्न



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा रहेको फुलवारी मण्टेश्वरीले दिक्षान्त तथा विदाई समारोह सम्पन्न गरेको छ ।

बुधबार फुलवारी मण्टेश्वरीले युकेजीमा अध्यायनरत विद्यार्थीहरुलाई विदाई तथा दिक्षित गरेको विद्यालयले जनाएको छ । मण्टेश्वरीमा अध्ययान गरेका विद्यार्थीहरुको थप प्रगती र आगामी दिनको सफलताको कामना गर्दै मण्टेश्वरीले २०७९ सालमा युकेजीमा अध्यायन गरेका २१ जना विद्यार्थीहरुलाई दिक्षित गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख मोहनमाया ढकालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख मोहनमाया ढकालले बालबालिकाको सर्वाङ्गिण विकासको लागि प्रारम्भिक बाल शिक्षा तथा मण्टेश्वरी शिक्षाले आवश्यक रहेको बताउनुभयो । यस्तै फुलवारी मण्टेश्वरीको अभिभावक पार्वती पोखरेलले फुलवारी मण्टेश्वरीको पठनपाठन, खेल र ल्यावको शैक्षिक सामाग्रीको प्रयोगबाट हुने भएकोले सिकाई दिगो रहेको बताउनुभयो ।


दिक्षान्त तथा विदाई कार्यक्रममा बोल्दै फुलवारी मण्टेश्वरीको निर्देशक तथा अध्यक्ष लक्ष्मी कुमारी शाहीले यस मण्टेश्वरीको स्थापना कालदेखी आजको मितीसम्म अभिभावकहरुको सकारात्मक सल्लाह, सुझाब र सहयोगले मण्टेश्वरीमा सुरुवातमा १२ जना बालबालिकाहरुबाट अहिले १ सय ५० जना बालबालिकाहरु पढाउन सफल भएकको बताउनुभयो । उहाँले भन्नुभयो, “यस दिक्षान्त समारोहको पहिलो श्रेय अभिभावकहरुलाई दिन चाहन्छु ।” यस्तै उहँले नगर शिक्षाको सुझाब, सल्लाह अनुसार यस मण्टेश्वरीलाई नमुना मण्टेश्वरी बनाउने प्रयासमा जुटिरहेको साथै मण्टेश्वरीको उदेश्य अनुसार बालबालिकाहरुको शारीरिक विकास, मानसिक विकास, सामाजिक विकास र संवेगात्मक विकासलाई मध्यनजर गर्दै मण्टेश्वरीको क्रियाकलाप तथा सिकाईलाई अगाडि बढाउँदै आएका बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार