भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् ।
भारतीले आजबाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरिन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
संवाददाता । आइतबार, कार्तिक १२, २०८० मा प्रकाशित