सुुर्खेत । आभाशा राष्ट्रिय अभियानको छैठौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन–२०८० ले १७ बुंदे कर्णाली घोषणा पत्र सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा यहि माघ २७ गत्ते देखि २९ गत्ते सम्म दिगो विकास लक्ष्य ५ पुरा गर्ने प्रतिवद्धता, सबै निर्णायक तहमा महिलाहरुको अर्थपुर्ण सहभागिता भन्ने मुल नाराका साथ सम्पन्न भएको छैठौं राष्ट्रिय बेटी सम्मेलनको निष्कर्षले निकालेको १७ बुंदे कर्णाली घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
बेटी अथवा छोरीहरुको सुरक्षा, शिक्षा, स्वास्थ्य, सहभागिता, आत्मनिर्भरता र राजनितिक मुद्धाहरुलाई उठान गर्न आसनमा महिला, भाषणमा महिला, शासनमा महिला भन्ने मुल ध्ययका साथ आभाशा राष्ट्रिय अभियान र मुलधार महिला सेवाकेन्द्र (मासबेस) को आयोजनामा देश व्यापी रुपमा ए्ेतिहासिक बेटी सम्मेलन गर्ने गरेको छ ।
छोरीबेटी माथि हुने विभिन्न किसिमका हिंसा अन्त्य गर्न, कागजमा सिमित महिला अधिकारको अर्थपुर्ण सहभागिता गराउन, आसनमा महिला, भाषणमा महिला, शासनमा महिलाको सहभागिताको लागि आभाशा अभियान सुरुवात गरिएको आभाशाकी केन्द्रिय संयोजक नजवुल खान (निलम) को भनाई छ ।
देशब्यापी रुपमा रहेको चेलिबेटी तथा महिलाहरुको समसामयीक सवालहरुमा छलफल तथा खुल्ला बहस कार्यक्रमबाट निकालिएको निष्कर्षले महिला अधिकारको विषय लामो सयम देखि बहसमा रहेपनि महिला सहभागीतमा नेपालका राजनीतिक दलहरु चुकेको ठहर गरेको छ । राजनितिक स्थिरताको लागि दलहरुबिच गठबन्धन गर्ने नाममा सविंधानको मुल भावना अनुसार महिलाहरुको प्रतिनिधित्वमा कटौती गर्ने ठगबन्धन सँस्कृतिको अन्त्य गर्न दबाब सिर्जना गर्ने घोषणा पत्रमा उल्लेख गरीएको छ ।
महिलाहरु माथिको विभेद र हिंसा देशैभरी ब्याप्त भएता पनि यसको मात्रा वर्ग, क्षेत्र र समुदाय अनुसार फरक फरक रहेको भन्दै क्षेत्रगत रुपमा अध्ययन अनुसन्धान हुनु पर्ने कुरामा जोड दिइएको छ ।
चेलिबेटीहरु माथिको हिंसा र दुव्र्यवहारको अन्त्य गरि परम्परागत सीप, कला र सँस्कृतिहरुको प्रवद्र्धन गर्दै आधुनिक शिक्षा, सीप र प्रविधिमा आधारीत शिक्षाद्धारा चेलिबेटीहरुलाई आत्मनिर्भर बनाउदै त्रसित, अपहेलित, विभेदकारी मानसिकताबाट मुक्त भई आत्मसम्मानजनक गुणस्तरिय जिवनयापन गर्ने वातावरण तयार गर्न चेलिबेटी फान्डेसन अफ नेपाल खडा गरि समाजमा देखिएका जल्दाबल्दा सवालहरुलाई जल्दोबल्दो वहसको रुपमा अगाडि बढाउने घोषणा पत्रमा भनिएको छ ।
यस्तै, विशेषगरी कर्णाली प्रदेशमा देखिएको होचा, पुड्काहरुको अवस्था र कारणहरुको अध्ययन गरी उक्त सवालहरुलाई यथोचित सम्बोधन हुनेगरि खाद्य सुरक्षा तथा पोषण सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्न प्रदेश र स्थानिय सरकारलाई पैरवी र सहकार्य गर्ने समेत भनिएको छ ।
यस्ता छन् छैठाैं राष्ट्रिय बेटी सम्मेलनको निष्कर्षले निकालेको घोषणापत्र
संवाददाता । सोमबार, माघ २९, २०८० मा प्रकाशित