सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
उनले आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठा र दक्षतासाथ निभाउँदै सुर्खेत जिल्लामा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने अन्य प्रहरी कर्मचारीहरूलाई पनि नगद पुरस्कार र सम्मान दिएको छ । यस अवसरमा, ट्राफिक कार्यालयमा लामो समयदेखि कार्यरत प्रहरी कार्यालय सहयोगी बम बहादुर खत्रीलाई एक कार्यक्रमको आयोजना गरेर बिदाई र सम्मान गरिएको छ । खत्रीको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
संवाददाता । शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित