काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँ आज साँझ कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । मन्त्री ठकुरीले सम्मेलनमा जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र वातावरण संरक्षणमा गरेको योगदानबारे ध्यानाकर्षण गराउनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उहाँ यही चैत १५ गते स्वदेश फर्कनुहुनेछ ।
सन् २०१० मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलद्वारा सुरु गरिएको पिटर्सबर्ग जलवायु संवादमा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सफल वार्ताको लागि आधार तयार गर्न वार्षिक रूपमा विभिन्न राष्ट्रबीच छलफल हुँदै आएको छ ।
संवाददाता । आइतबार, चैत १०, २०८१ मा प्रकाशित