Karnali Media
२०८३ साउन १९ , मंगलबार

भुपाल बराल सचिवमा बढुवा



काठमाडौँ । सहसचिव भुपाल बराल सचिवमा बढुवा भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बराललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।


महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले बराललाई बढुवा गरेको हो ।

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार