असार ११, दैलेख । गुराँस गाउँपालिका दैलेखले ६० करोड ४ लाख २८ हजार रुपैयाँको बजेटसहित जनमुखी र महत्वाकांक्षी कार्यक्रम समावेश गरि नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीको सभाअध्यक्षतामा असार १० गते बसेको गाउँसभाको दशौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शिवाकुमारी खड्काले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
गुराँसले यसपालीदेखि “सुख, समृद्बि र शासकीय सुधारः हातेमालो गरी फेरौं गुराँसको मुहार” भन्ने मूल नाराको साथ जनताको प्रत्येक्ष जीवनमा परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम तयार गरिएको छ ।
गुराँसको नीति तथा कार्यक्रममा यस्ता छन् केहि महत्त्वपूर्ण कार्यक्रमः
• गुराँस परियोजना बैंक स्थापना गरिने ।
• गुराँस श्रम बैंक स्थापना गरिने ।
• “घरघर मा धारा, गुराँस सरकारको अभिभारा” अवधारणा अनुरुप सबै घरधुरीमा स्वस्थ खानेपानीको क्रमागत रुपमा व्यवस्था गरिने । यसको लागि सतहगत, वर्षेपानी तथा लिफ्टिङ प्रबिधि प्रयोग गरी दीगो संरचनामा जोड दिइने ।
• पालिका क्षेत्रमा ग्रामीण बस सेवा सञ्चालन गरिने ।
• “हामी बनाउँछौ हाम्रो सडक” को मुल नारालाई आत्मसाथ गर्दै पालिकाका भित्रि सडकहरुको स्तरोन्नतीका लागि प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रम र गुराँस श्रम बैंकमा आवद्ध श्रमिकलाई परिचालन गरि बाह्रै महिना सञ्चालनमा आउने गरि कार्य अघि बढाइने ।
• आर्थिक वर्ष २०७९/०८० लाई “खरको छाना मुक्त, घर परिवार ढुक्क” अभियान वर्षको रुपमा मनाइने ।
• “बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग” नारा सहित जग्गाको तथ्याङ्क संकलन गरि भूमी बैंक प्रणाली स्थापना गर्दै व्यवसायिक कृषि उत्पादनमा लाग्न कृषकहरुलाई प्रोत्साहित गरिने ।
• “कृषकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत कृषिको उत्पादन र उत्पादकत्व बढाउन अध्ययन तथा अनुसन्धान, आवश्यक कृषि सामग्री तथा दक्ष जनशक्तीको व्यवस्था, बाली वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन, माटो परिक्षलण, न्युनतम बजार मुल्य निर्धारण र बजारीकरणका लागि आवश्यक व्यवस्था गरिने । साथै कृषि सडक, सिंचाई, शीत भण्डार, कृषि संकलन तथा विक्री केन्द्र, कोशेली घर लगायतका कृषि पूर्वाधारहरुको निर्माण गरिने ।
• “हाम्रो गुराँसमा लगानी, हुनेछ मनग्य आम्दानी” को नारा सहित”प्रथम गुराँस लगानी सम्मेलन” को आयोजना गरिने ।
• “एक व्यवसायी कृषक – एक सिंचाई पोखरी”
• “हाम्रा किसानको रहर: सहज पहुँचमा बजार”को नारासहित सरकारी लगानीमा कृषि उपजको संकलन तथा बजारिकरणको व्यवस्था गरिने ।
• “नदी किनारमा कृषि, कृषकको आयमा वृद्धी” भन्ने नारा अनुसार बलौटे माटोमा उत्पादन हुने तर्बुजा, बदाम, तरकारी खेतिको सम्भावना अध्ययन गरि आवश्यक सिचाई, विउबिजन तथा प्रविधि हस्तान्तरण सहित कृषकहरुलाई प्रोत्साहित गरिने ।
• “एक घर, एक बगैंचा”
• उत्कृष्ट व्यावसायिक कृषकहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यका साथ “कृषक प्रोत्साहन कार्यक्रम” संचालन गरिने ।
• “उद्यमी महिला, सम्वृद्ध परिवार” को मुल नाराका साथ “उपाध्यक्ष महिला उद्यमी कार्यक्रम” सञ्चालन गरिने ।
• प्याराग्लाइडिङ्ग, बन्जी जम्पिङ्ग, माउन्टेन बाइकिङ, म्याराथुन जस्ता साहसिक पर्यटन मार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संभाव्यता अध्ययनलाई अघि बढाइने ।
• रैथाने उत्पादनबाट तयार गरिएका परिकारको प्रचारप्रसार गर्न खानाको परिकार महोत्सव र गुराँसको सिजनमा गुराँस महोत्सवको आयोजना गरी पर्यटक आकर्षित गरिने ।
• गुराँस गाउँपालिकाको पर्यटकीय स्थल रानीमत्तामा जिपलाईन सञ्चालनमा ल्याउन लागि यसै वर्ष संभाव्यता अध्ययनको काम अघि बढाइने ।
• गुराँस गाउँपालिकामा मानव निर्मित ताल निर्माणका लागि विस्तृत अध्ययनको काम अघि बढाइने ।
• “गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी” भन्ने नारालाई सार्थक तुल्याउन आर्थिक विकासका हरेक क्रियाकलापमा सहकारी संस्थाहरुलाई आवद्ब गराउँदै निजी, सरकारी र सहकारी साझेदारी कार्यक्रम लागू गरिने ।
• सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको लागत संकलन गरि संघीय र प्रदेश सरकारसंग आवश्यक समन्वय गरि समस्या समाधानका लागि पहल गरिने ।
• हरियाली विद्यालय विशेष कार्यक्रम ।
• “हामी बनाउछौँ-हाम्रो विद्यालय-राम्रो विद्यालय” भन्ने अभियानका साथ पालिका भित्रको समग्र शैक्षिक गुणस्तर अभिवृद्बि गर्न, शिक्षक, विद्यार्थी र अभिभावकहरुका बिच व्यापक रुपमा अन्तरक्रिया कार्यक्रम संचालन गरि विद्यालय तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धी गरिने ।
• “उपाध्यक्षको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा” भन्ने नारालाई सार्थक बनाउन उच्च शिक्षा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने छोरी बुहारीलाई प्रोत्साहन गरिने ।
• कोभिड विशेष अस्पताललाई पुर्णकालिन अस्पतालको रुपमा विकसित गरि आयुर्वेद सेवा समेत उपलब्ध गराइने ।
• गुराँस फार्मेसी को स्थापना गरिने
• मुटु, दम, क्यान्सर, मृगौला, प्रेसरलगायतका दीर्घ रोगीहरु तथा जेष्ट नागरिकलाई निशुल्क स्वास्थ्य जाँच, औषधी तथा आर्थिक सहायताको व्यवस्था गरिने ।
• दलित घरपरिवार तथा एकल महिला घरमुली रहेका घरपरिवारको सम्पुर्ण सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरिने। साथै, आगामी २ वर्ष भित्रमा सम्पुर्ण घरघुरीमा स्वास्थ्य विमा लागू गर्न, प्रोत्साहित गर्न प्राभावकारी अभियान सञ्चालन गरिने ।
• “गुराँस आमा कोष” स्थापना गरी संकटमा परेका गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने ।
• “गर्भवती आमासँग उपाध्यक्ष”
• जेष्ठ नागरिक जहाँ : स्वास्थ्यकर्मी तहाँ”
• गुराँस गाउँकार्यपालिकाको कार्यालयमा निःशुल्क ज्वरो, तौल र रक्तचाप जाँच गर्न हेल्थ डेस्क स्थापना गरि प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने ।
• वर्षाको पानी संकलन गर्ने प्रविधि सहित घर नक्सा पास गरि घर निर्माण गर्ने गुराँसवासीहरुलाई पानी ट्याङ्की खरिदमा अनुदान प्रदान गर्ने व्यवस्था गरिने ।
• फोहरमैला निष्काशक नै फोहरमैलाको प्रथम जिम्मेवार व्यवस्थापकभन्ने नीति लागु गरिने ।
• “हाम्रो घरको फोहोर, अब बनाऔं मोहोर” को नारा सहित सेफ्टि ट्याङ्की बाट निस्किने फोहोरलाई प्राङ्गारीक मलको रुपमा परिणत गर्न आवश्यक परिक्षण एवमं अनुसन्धानको कार्य अगाडी बढाइने ।
• “गुराँस आमा कोष” स्थापना गरि महिलाहरुको कार्यबोझ कम गर्नका लागि कुटानी पिसानी मिलको व्यवस्थापन गरिने ।
• एक वर्ष भित्र यस पालिकालाई बालश्रम मुक्त गाउँपालिका घोषणा गरिने ।
• “वन जङ्गल जोगाउँ, हरियाली बढाऊँ”
• जल, जंङ्गल, जमिन, जडीबुटी र जनशक्तिको उचित व्यवस्थापन गर्न पाँच “ज” को अभियान सञ्चालन गरिने । साथै, पालिकामा हावापानी अनुसार औषधिजन्य वनस्पतिको पहिचान गर्दै संकलन, संरक्षण र संवर्द्बन गरिने ।
• “गुराँसको धनः आयमुलक वन”
• “सेवाको वरीपरी जनता होइन, जनताको वरिपरी सेवा”
• गुराँस गाउँ प्रहरी
संवाददाता । शनिबार, असार ११, २०७९ मा प्रकाशित