Karnali Media
२०८३ जेठ २७ , बुधबार

सत्ता गठबन्धन बैठक : कर्णालीमा माओवादीले सरकार बनाउने



सुर्खेत । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंगिएको हो ।

बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।


आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

प्रकाशित मिति : २०७९ पुस २४ गते आइतबार