Karnali Media
२०८३ असोज ५ , सोमबार

सुर्खेतमा एथरको १६औँ Experience Center सञ्चालनमा



सुर्खेत । एथर नेपालले कर्णालीमा विद्युतीय सवारीको पहुँच विस्तार गर्दै वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ।

नयाँ अनुभव केन्द्रको उद्घाटन कार्यक्रममा स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाको अध्यक्षता तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा तत्कालीन कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्व वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतसहित उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा एथरका ब्रान्ड विकास व्यवस्थापक सलमान खानले स्वागत मन्तव्य राखेका थिए भने सैयद अन्वर अलीले कार्यक्रम सञ्चालन गरेका थिए।

नयाँ अनुभव केन्द्र सञ्चालनमा आएपछि सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, परीक्षण सवारी तथा ग्राहक सेवाको सुविधा आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एथरका नयाँ विद्युतीय स्कुटरको अनुभव लिन सकिने

अनुभव केन्द्रमा ग्राहकले एथरका पछिल्ला विद्युतीय स्कुटरहरू, विशेषगरी एथर ४५० सिरिज र एथर रिज्टा सिरिज का बारेमा जानकारी लिनुका साथै परीक्षण सवारीमार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

एथर ४५० सिरिजमा कार्यसम्पादन र आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। यसका पछिल्ला मोडलमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनिट क्रुज’ र आवाजमार्फत निर्देशन दिन सकिने सुविधा जस्ता प्रविधि समावेश छन्।

‘म्याजिक ट्विस्ट’ सुविधाले एक्सिलेटर घुमाएर स्कुटरको गति घटाउन सहयोग गर्छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ ले लामो दूरीको यात्रामा निश्चित गति कायम राख्न सहयोग गर्ने तथा आवाजमार्फत विभिन्न सुविधा सञ्चालन गर्न सकिने कम्पनीको भनाइ छ।

त्यसैगरी, एथर रिज्टा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको विद्युतीय स्कुटर हो। लामो सिट, आरामदायी बनावट तथा दैनिक पारिवारिक प्रयोगका लागि आवश्यक सुविधासहित रिज्टा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी


एथर नेपालका अनुसार ‘एथर एटसेभेन्टी ब्याट्री वारेन्टी’ अन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यति अवधिसम्म वारेन्टी सुविधा उपलब्ध छ।

ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा कम भएको अवस्थामा लागू हुने सर्तअनुसार ब्याट्री परिवर्तनको सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

एथर नेपालले देशभर आफ्नो सेवा तथा चार्जिङ संरचनासमेत विस्तार गर्दै आएको जनाएको छ। हाल देशभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र उपलब्ध रहेको कम्पनीको भनाइ छ।

असोज ११ सम्म विशेष उद्घाटन योजना

सुर्खेतमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा एथर नेपालले असोज ११, २०८३ सम्म विशेष उद्घाटन योजना ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार निम्नमध्ये सुविधा छनोट गर्न सक्नेछन् :

– नगद खरिदमा : एटसेभेन्टी ब्याट्री वारेन्टी
– किस्ताबन्दीमा खरिद गर्दा : शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा
– पुरानो सवारी साटफेर गर्दा : थप ८ हजार रुपैयाँ मूल्याङ्कन

कम्पनीका अनुसार उक्त योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र तोकिएका सर्त तथा नियमअनुसार सुविधा उपलब्ध हुनेछ।

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालि. हो। कम्पनीले एथरका बिक्री केन्द्र, सेवा केन्द्र तथा चार्जिङ संरचना विस्तार गर्दै नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने काम गर्दै आएको जनाएको छ।

सुर्खेतमा सञ्चालनमा आएको १६औँ अनुभव केन्द्रले कर्णालीका ग्राहकलाई एथरका विद्युतीय स्कुटर, आधुनिक प्रविधि, परीक्षण सवारी तथा बिक्रीपछिको सेवासँग प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि एथर अनुभव केन्द्र, वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमामा ९८०-४५०२१४३ / ९८०-२५६४४५४ सम्पर्क गर्न सकिन्छ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार