Karnali Media
२०८३ असार १ , सोमबार

सुर्खेतको प्रमुख जिल्ला अधिकारिमा रिजाल नियुक्त



सुर्खेतको प्रमुख जिल्ला अधिकारिमा खगेन्द्र प्रसाद रिजाल नियुक्त हुनुभएको छ । सुर्खेत जिल्ला अधिकारी छविलाल रिजालको झापा सरुवा भएपछी सुर्खेत जिल्लामा खगेन्द्र प्रसाद रिजालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनु भएको हो ।

रिजाल यश अघि पनि गृहमन्त्रालयमा र कैलाली जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसक्नु भएको छ ।
सोमवार देखि उहाँले सुर्खेतको प्रमुख जिल्ला अधिकारिको कार्यभार समाल्नुभएको छ ।
त्यस्तै, सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा ईश्वरिप्रसाद पाण्डे रहनुभएको छ ।


प्रकाशित मिति : २०७८ पुस २६ गते सोमबार