Karnali Media
२०८३ असार २४ , बुधबार

नगर प्रहरी प्रमुख राजु पाण्डे एसएसपीमा बढुवा



काठमाडौँ महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई एसएसपीमा बढुवा गरेको छ ।

हाल नगर प्रहरी उपरीक्षक (एसपी) रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका बैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।


नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान अनुसार कार्यपालिका बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेका ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार