Karnali Media
२०८३ असोज २ , शुक्रबार

कर्णाली नदीमा पौडी खेल्न हाम फालेका एक जना बेपत्ता



कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्।

होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।


बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही छन्। पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्।

बेपत्ता शाहको खोजी कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत १२ गते सोमबार